पोखराको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

Share:

पोखरा । कास्कीको पोखरा छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा-१७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको नि:शुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ।

शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले उद्घाटन गर्दै विद्यार्थी कालमा पढ्ने र जिवनमा उपयोग हुने सिप सिक्नु पर्ने बताउँदै आँखामा कुनै पनि समस्या देखिएमा आफै उपचार गर्नु भन्दा अस्पतालमा गएर जाँच गरेर मात्र औषधि राख्नु पर्ने बताए।

हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सु केसी, प्रशान्त भण्डारी, कृष्टिना खड्का, रितिका विक लगायत १७ जनालाई सम्मान गरिएको थियो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल ध्रुब, मेघनाथ पौडेल, पिटि शिक्षक दिपक सुनार, मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी लगायतले बोेलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: