पोखराले कोरियाको गुमी नगरसँग भगिनी सम्बन्ध जोड्ने

Share:

पोखरा। जाङ्घो किम लगायतसँग आइतबार छलफल तथा अन्तरक्रिया गरेको छ। पोखरा र गुमी नगरका बिचमा आवश्यक प्रक्रियाहरू पूरा गरी भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा गहन छलफल भएको छ।

निकट भविष्यमा नेपालको पर्यटन राजधानी पोखरा र गणतन्त्र कोरियाको सुन्दर नगर गुमीका बिचमा औपचारिक रूपमा भगिनी सम्बन्ध कायम गरिने पोखराका मेयर धनराज आचार्यले बताए।

उनले भने, हामी हाम्रो सम्बन्धको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, यातायात र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा सहकार्य गर्ने छौँ।

पोखरा महानगरपालिकाले हालसम्म संसारका एक दर्जन बढी नगरहरूसँग भगिनी सम्बन्ध औपचारिक रूपमा कायम गरेको छ।

यस्ता सम्बन्धहरूले हामीलाई आपसी सद्भाव र मित्रता बढाउन, विकास तथा प्राविधिक सहयोग आदान प्रदान गर्न र आपसमा शैक्षिक तथा सांस्कृतिक अनुभवहरू साटासाट गर्न महत्त्वपूर्ण योगदान गरिरहेको मेयर आचार्यको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: