
पोखरा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ।
अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएकाले निकै महत्वका साथ हेरिएको छ। अधिवेशनमा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन्।
पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालका अनुसार अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ।
उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यलाई जिम्मेवारी दिएको जानकारी दिए। पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।
अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ। पार्टीले हालै नेताको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ।
कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन्।
