
काठमाडौँ। नेपाली बजारमा अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको छ। आज सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
