
पोखरा। इनर व्हील क्लब पोखराद्वारा बागलुङमा विद्यार्थीहरूलाइ आँखा जाँचसहित न्यानो कपडा वितरण गरिएको छ।
क्लबले बागलुङ नगरपालिका- १४ स्थित जनता धन माध्यामिक विद्यालयका १० जना नेत्रहीन विद्यार्थीलाई न्यानो कपडा वितरणसहित करिब २०० जना विद्यार्थीको नि:शुल्क आँखा जाँच सम्पन्न गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिका- १४ का वडा अध्यक्षले क्लबलाई धन्यवाद ज्ञापन गर्दै परोपकारी कामलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा जनता धन माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र बहादुर थापा ,दृष्टिबिहिन कल्याण संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्ग ,नेपाल नेत्रज्योति संघ धौलागिरी अस्पतालका अध्यक्ष विन्दु सागर राजभण्डारी सहितले मन्तव्य व्यक्त गरेका थिए।
क्लबका अध्यक्ष रेश्मा बैधको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
