
पोखरा। कास्कीको मादी गाउँपालिका वडा नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति गठन गरेको छ।
सोमबार एक भेलाको आयोजना गरी मादी गाउँपालिका रास्वपाले वडा नं ६ मा समिति गठन गरेको हो।
समितिको संयोजकमा भोजराज पौडेल चयन भएका छन्, भने सह-संयोजकमा सन्तोष आचार्य, सचिवमा अप्सरा तिवारी चयन भएकी छन्।
यस्तै, सदस्यहरुमा होमनाथ बराल, मानसिंह परियार, मन क्षेत्री, इन्द्र परियार, सञ्जय बराल र चुडामणी बराल चयन भएका छन् । यसैगरी सल्लाकारमा ठाकुर बराल, गणेश देवकोटा र गंगाप्रसाद पौडेल चयन भएका छन्।
सो वडा भेला रास्वपा मादी गाउँपालिका सभापति पदम राज पौडेल र कास्की जिल्ला समितिका पदाधिकारीहरूको संयोजकत्वमा आयोजना भएको थियो।
रास्वपाले पछिल्लो समय संगठन विस्तारका क्रममा वडा भेला गर्दै आएको छ।

