
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
चाँदीको मूल्य आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
