नयाँ वर्ष मनाउन गएका एकै परिवारको पाँच जना मृत फेला

Share:

काठमाडौँ। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच जना होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

घटना राज्यको राजधानी लखनउको हो। मृतक बालबालिका ९ देनि १६ वर्षका छन्। प्रहरीका अनुसार एक जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ। घरायसी विवादका कारण उनीहरूको हत्या गरिएको हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ।

उनीहरू नयाँ वर्ष मनाउनका लागि करिब ३५० किलोमिटर टाढा आगरा सहर पुगेका थिए। सोमबार होटलमा चेक इन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: