
पोखरा । धुलिखेलमा हुने माउन्ट एभरेस्ट मोटरस्पोट्र्स फेस्टिभलको टाइटल स्पोन्सर टोटल इनर्जिज हुने घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनले टाइटल स्पनसारसिपको लागि जनवरी १ मा टोटल इनर्जिजका लागि नपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिसँग सम्झौता गरेको छ ।
सन् २०२५ को संसारकै सम्भवतः पहिलो मोटरस्पोट्र्सको इभेन्टको मुख्य प्रयोजकको लागी लक्ष्मी ल्यूब आयल प्रा.लि.को तर्फबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोवाइल्स एसोसिएसनका तर्पmबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सो सम्झौता गर्दै सेल्स हेड सुबोध थापाले विश्वप्रसिद्ध टोटल ल्युब्रिकेन्टले नेपालमा पनि आफ्नो गुण्स्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५को पहिलो दिनबाट नेपाली मोटरस्पोर्टस्मा पनि अधिकारीक रुपमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।
त्यस्तै टोटल इनर्जिज जस्तो विश्वस्तरीय ब्राण्डको साझेदारीले नेपाली मोटरस्पोर्टस्सँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास नेपाल अटोमोवाइल्स एसोसिएसनका अंकित भण्डारीले बताए ।
टोटल इनर्जिजसहित अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थिक सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरुको सहभागिता रहने छ ।
