
पोखरा। पोखरा महानगरपालिका वडा नं ३२ मजुुवास्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको छ। विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन्।
उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी उनले दिए।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर गुरुङ , शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णु बहादुर बस्नेत लगायतको उपस्थिति थियो।
यस्तै, अक्षयकोष सहयोगी दाता थापाले यसअघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आएका छन्। उनी शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा परिचित छन्।
