
काठमाडौँ । बझाङमा जिप दुर्घटना हुँदा गाडी चालक सहित ४ जनाको मृत्यु भएको छ। जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा गाडी चालकसहित ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गाडी चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय समशेर मल्ल, तलकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया उनकी आमा जौमतीदेवी धामी रहेका छन्।
त्यसैगरी बमकी ६ वर्षीया छोरी आकृति कुमारी धामीको उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटैमा ज्यान गएको तलकोट गाउँपालसका २ का पूर्व वडाध्यक्ष अक्कल कुवँरले जानकारी दिए।
जिप करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
