
काठमाडौँ। चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौँमा ४ करोडको घर किनेकी छन्।
गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्।
शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्।
शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। यो जोडीको ४ वर्षकी एक छोरी छिन्।
कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौँ आएकी थिइन्।
कमेन्ट गर्नुहोस्
