
पोखरा । पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय युवकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा कैलाली, धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल हुन्। उनी क्याम्पस नजिकै पोखरा-१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ।
बुधबार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन्।
चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पुर्याएको थियो।
