
काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्यमा बढोत्तरी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
