नवलपुरको विनय खोला पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Share:

काठमाडौँ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१ दुम्किबासस्थित विनयी खोला पुल टुटेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डको पुल टुट्दा राजमार्ग अवरुद्ध भएको छ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजे पुल टुट्दा सडक अवरुद्ध भएको बताए। प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको उनले जानकारी दिए।

भारतीय एनएल ०१ ए एच ५१७९ नम्बरको हेबी ट्रक पुलबाट पास हुने क्रममा पुल टुटेको हो। राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन रोकिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: