
काठमाडौँ। अघिल्लो दिन बढेको सुनको मूल्य आज पनि सामान्य बढेको छ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
