पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह माघ ३ गते, प्रधानमन्त्री ओली सहभागि हुने

Share:

पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार हुने भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुने भएको छ।

समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडीरएमएस) का प्रथम र दोस्रो ब्याचका विद्यार्थीहरुलाई दीक्षा दिइनेछ।

कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्राङ्गणमा दिउँसो १२:३० बजे प्रारम्भ हुनेछ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको हो।

प्रतिष्ठान चिकित्सा शिक्षा सम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील छ।

दीक्षान्त समारोहमा प्रतिष्ठान सभाका सदस्य, जनप्रतिनिधि, विभिन्न विश्वविद्यालयका पदाधिकारी, उच्च प्रशासक, विद्यार्थी, अभिभावक र अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: