
काठमाडौँ । विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ‘ओ बड्डा’ सार्वजनिक गरेकी छन्।
‘तीज क्विन’, की नामले समेत परिचित लोकप्रिय गायिका दुलालले माघे संक्रान्तीका अवसरमा मंगलबार सुदुरपश्चिमेली भाकाको देउडा गीत ल्याएकी हुन्।
यसमा उनलाई चर्चित लोकगायक चक्र बमले साथ दिएका छन्। ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा अञ्जली अधिकारी र चक्र बमको समेत अभिनय छ।
चक्रकै शब्द संगीत रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्। गायिका दुलालले यसपटकको गीत आफुले गाइरहेको भन्दा फरक शैलीको रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन्।
भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ।
https://youtu.be/ZgZ1R7qeXXI?si=t8QCp587aQ-vM9vj
कमेन्ट गर्नुहोस्
