पोखरा महोत्सवमा बद्री पंगेनीले नचाए दर्शकलाई

Share:

पोखरा। संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन्।

प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखेँ।

भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्रीसँगै झुमेँ। बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए।

महोत्सवमा बद्री पंगेनीसँगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुति मार्फत दर्शकहरुले मनोरञ्जन लिए।

त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ कबवेवको प्रस्तुतिमा युवाहरु झुमेँ। महोत्सवको आठौँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुमो उल्लेख्य सहभागीता जनाएका छन्।

महोत्सवमा दर्शकको उपस्थितिसँगै महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा व्यापार भएको महोत्स्व अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए।

महोत्सवको नवौं दिन लोकदोहोरी तर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगर र हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापनि उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए।

त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुती रहने समेत संयोजक तिमिल्सिनाले जानकारी दिए। यस्तै, महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, बाल कल्याण बीचको प्रीतस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए।

कमेन्ट गर्नुहोस्
Share: