
काठमाडौँ। कास्कीको महानगरपालिका-८ आलुमाईला चोकबाट प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेका छन्।
बिहीवार कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटरमामा सवार माछापुच्छ्रे गाउँपालिका- ८ स्थायी घर भई हाल पोखरा २५ बस्ने २७ बर्षीय रामचन्द्र सुवेदीलाई पक्राउ गरेको हो।
उनको साथबाट १८,८४० चक्की लागूऔषध बरामद गरी नियन्त्रणमा लिएको हो। उनले उक्त लागूऔषध लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
