
काठमाडौँ । आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जनवरी १८ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।
कमेन्ट गर्नुहोस्
