
काठमाडौँ। सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन चाँदी यही मूल्यमा कारोबार भएको थियो।
कमेन्ट गर्नुहोस्
