गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते

Share:

पोखरा। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो। प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधिन रहे पनि यस बीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएका थिए।

एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा गण्डकी प्रदेश सरकार छ।

कमेन्ट गर्नुहोस्
Share: