
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।
ट्रम्पले यस व्यवस्थाले आप्रवासीको दुरुपयोग भएको दाबी गर्दै जन्मसिद्ध नागरिकता प्रणालीलाई परिवर्तन गर्न कदम चालेका हुन्।
यो निर्णयले ठूलो विवाद सिर्जना गर्न सक्ने सम्भावना छ, किनकि अमेरिकाको संविधानको १४औं संशोधनले यस्तो नागरिकता सुनिश्चित गरेको मानिन्छ।
ट्रम्पको यो कदम आप्रवासन नीतिमा कठोर धारणा प्रस्तुत गर्न गरिएको ठानिएको छ।
कमेन्ट गर्नुहोस्
