आजको मौसम: तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो

Share:

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले यतिबेला (बुधबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली छ। तराई मधेसका धेरै भू-भागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान पनि महाशाखाले गरेको छ।

महाशाखाले बुधबार बिहान ६ बजे मौसम सम्बन्धि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको छ। साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

कमेन्ट गर्नुहोस्
Share: