
पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ।
अभियान अन्तर्गत अन्नपूर्ण गाँउपालिका वडा नं. २ का अगुवा कार्यकर्तासँग पार्टीका विषयमा छलफल गरिएको अभियानकी संयोजक नपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिइन्।
उनले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरिन्।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताइन्।
नेपाली काँग्रेस अन्नपूर्ण गाँउपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अगाडि बढ्न सकेमा नेपाली काँग्रेस सधै पहिलो पार्टीको रुपमा स्थापित हुने बताए।
अभियानका सदस्य तथा नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानिय स्तरबाटै पार्टीलाई मजवुद बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताए।
नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रदेश क का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रचार प्रसार गर्न जरुरी रहेको बताए।
कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधिको सहभागिता रहेको थियो।
नेपाली काँग्रेस अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का सभापति पिताम्बर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले गरेका थिए।
