
पोखरा । सामाजिक अध्ययन मञ्च कास्कीले आधारभूत तह- कक्षा ८ स्तरीय प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण सम्बन्धि एकदिने कार्यशाला सम्पन्न गरेको छ।
कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको सामाजिक अध्ययन मञ्च कास्कीले जनाएको छ। कार्यशालामा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले सामाजिक अध्ययनको महत्त्व तथा आन्तरिक मूल्याकंनका विभिन्न प्रक्रियाका बारेमा प्रकाश पारे। भण्डारीले कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका थिए ।
साथै उक्त कार्यक्रममा सृजना माविका प्राचार्य तथा पोखरा महानगरपालिकाका शिक्षा समिति सदस्य डोलराज पाण्डेले सामाजिक अध्ययन मञ्च कास्कीले गरेका कामहरूको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे।
मञ्चमा अध्यक्ष गोविन्द काफ्लेको सभपतित्वमा सम्पन्न कार्यक्रम सचिव तिलक काफ्लेले सञ्चालन गरेका थिए, भने मञ्चका उपाध्यक्ष तथा प्रशिक्षक नारायणी गौतमले सहजीकरण गरेका थिए।
पोखराका करिब ६० जना शिक्षक शिक्षिकाहरू सहभागी उक्त कार्यक्रममा प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माण तथा प्रयोगमा मञ्चका संस्थापक अध्यक्ष सुर्यबहादुर गुरुङ र निवर्तमान अध्यक्ष दिनेश अर्यालले सहजीकरण गरेका थिए ।
साथै मञ्चको नयाँ आजिवन सदस्यता लिने शिक्षक/शिक्षिकाहरूलाई समेत उक्त समारोहमा स्वागत गरिएको थियो।
