गण्डकीसहित ४ प्रदेशको मौसम बदली, पानी पर्ने सम्भावना छ ?

Share:

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) गण्डकी, कोसी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ।

तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

 

 

गण्डकी विश्वविद्यालयमा कुलपतिको म्याद सकिँदै, नियुक्तिका लागि सिफारिस समिति गठन

पोखरा । स्वतन्त्र प्राज्ञिक व्यक्ति कुलपति रहने गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ । अहिलेका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिन लागेकाले विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको छ । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिँदैछ ।

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् ।

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर छिटै नै दरखास्त आह्वान गर्न लागिएको विश्वविद्यालय स्रोतले बताएको छ । त्यसो त थप एक पदावधिको लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुनेछ ।

सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपतिका नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।

कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । सुरुमा न्यासिक परिषद् गठन नभइसकेकाले कानुनमै त्यस्तो प्रावधान राखिएको हो । हालका कुलपति त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।

ब्मखभचतष्कझभलत

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले बताए । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सोच र अग्रसरतामा विश्वविद्यालय खुलेको हो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक ९बिएसएम०, सूचना प्रविधिको स्नातक ९बिआइटी० ब्याचल अफ फार्मेसी ९बिफार्म०, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन ९बिबिए०, ब्याचल अफ आट्र्स ब्याचलर अफ ल ९बिएएललबी० र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स ९एमआइटी एआई० पढाइ हुन्छ ।

कमेन्ट गर्नुहोस्
Share: