पोखरामा सहिद दिवस: त्रिवेणी इन्टरनेशनल कलेजमा दिप प्रज्वलन

Share:

पोखरा। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा- २७ मा सहिद दिवसको अवसरमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ।

प्रजातन्त्रका लागि आफ्नो प्राणको आहुती दिएका सहिदहरुको स्मरणमा त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष सुमन भट्टराईले निरकुंश राणा शासनको विरुद्ध लड्दा सहिद भएका देशका सपुतहरुका कारण वाक स्वतन्त्रता प्राप्त भएको उल्लेख गरे।

अध्यक्ष भट्टराईले स्वतन्त्रताको नाममा अहिले समाजमा अराजकता बढेको उल्लेख गर्दै, नागरिकले वाक संयमता अपनाउनु जरुरी भएको उल्लेख गरे।

नागरिक अधिकारका लागि भएका विभिन्न आन्दोलन र त्यसमा सहादत प्राप्त गर्ने सहिद प्रति पछिल्लो पुस्ताले सचेतताका साथ स्मरण गरेको उल्लेख गर्दै, भट्टराईले इतिहासलाई नविर्सन आग्रह गरे।

उनले राणा शासनको अन्त्यको लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमा लगायत ज्ञात अज्ञात सहिदले देखाएको आदर्शलाई अंगिगार गर्न सक्नु पर्नेमा जोड दिए।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी र विद्यार्थीको सहभागिता रहेको थियो।

कलेज प्राङगणमा विद्यार्थीहरुले नेपालको नक्सा अंकित तस्बिर तयार गरी सहिदहरुलाई स्मरण गर्दै दिप प्रज्वलन गरेका थिए।

वि.सं. २००७ साल पछि हरेक बर्ष माघ १६ गतेका दिनलाई सहिद दिवसको रुपमा मनाउँदै आईएको छ।

कल्याणकारी समितिले कलेजसँगको सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: