आँबुखैरेनीमा बस दुर्घटना, एक जनाको मृत्यु, १३ घाइते

Share:

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ४ बजेतिर भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउको कल्भर्टमा पल्टिएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको दुर्घटना हुँदा चितवनको भरतपुर महानगरपालिका २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको उनले बताए।

दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

भानु नगरपालिका–५ का ३५ वर्षीय बस चालक रवीन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिका-३ का ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ। थापाको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए।

अन्य १२ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: