झापामा मोटरसाइकल दुर्घटना, एक व्यक्तिको मृत्यु

Share:

बिर्तामोड : झापा जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-१ जुकेकल्भटमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा गाउँपालिका-६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर रूपमा घाइते भएका थिए।

घाइते सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि बिहान ५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: