युद्धविराम सम्झौताअन्तर्गत इजरायलद्वारा १८३ प्यालेस्टिनी बन्दी रिहा

Share:

हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। प्यालेस्टिनी बन्दी क्लबका प्रमुख अब्दुल्लाह जाघारीका अनुसार इजरायली अधिकारीहरूले रिहा गरिएका बन्दीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन्।

मुक्त गरिएका बन्दीहरूमध्ये १५० गाजा पट्टीका, ३२ वेस्ट बैंकका तथा एक जना इजिप्टका नागरिक रहेका छन्। वेस्ट बैंकका बन्दीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो, भने गाजाका बन्दीहरूलाई दक्षिणी इजरायलको केट्जियोट जेलबाट इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ।

प्यालेस्टिनी मुक्ति संगठनको बन्दी मामिला आयोगका अनुसार रिहा गरिएका १८३ मध्ये सात बन्दीहरूलाई देश निकाला गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: