
काठमाडौं – नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न टसमा नेपाली टिमकी कप्तान इन्दु वर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि, नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रनले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजय बेहोरेको थियो।
नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्ने लक्ष्यमा छ। टोलीले यसअघि थाइल्यान्डविरुद्ध ८ विकेट र १७ रनको हार भोगेको थियो।
नेपालको प्लेइङ-११: कप्तान इन्दु वर्मा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सीता राना मगर, र रचना चौधरी।
