
काठमाडौं – त्रिकोणात्मक महिला टी-२० सिरिजमा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटको फराकिलो पराजय भोग्न बाध्य भयो।
१४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमै बिना कुनै विकेट १५१ रन बनाएपछि नेपाल पुनः हारको सामना गर्न पुग्यो।
नेपालका लागि पूजा महतोले अविजित ६२ रन प्रहार गरे। उनले ५१ बलमा ५ चौका हिर्काइन्। कप्तान इन्दु वर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए भने सम्झना खड्का ६, ममता चौधरी १ र कविता जोशी ७ रनमा अविजित रहिन्।
यसअघि, नेपालले नेदरल्यान्ड्ससँग २० रन र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।
कमेन्ट गर्नुहोस्
