
पोखरा । पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोकिएको हो ।
दुर्घटनामा चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको बैदाम प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते उनीहरुको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
