तनहुँमा प्रहरी कुटपिट प्रकरण: चार युवा नियन्त्रणमा

Share:
arrested

तनहुँ । प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि आक्रमण गरेको आरोप लागेको छ।

पक्राउ पर्नेहरूमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ, र व्यास–१ निवासी सुदीप विक रहेका छन्। शनिबार राति २ बजे मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको छ। आइतबार पाँच दिनको म्याद थप गर्दै कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: