जनयुद्व दिवसमा ताराखोलामा सार्वजनिक बिदा

Share:

पोखरा । जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्व दिवशको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। सोमबारको कार्यपालिका बैठकले पालिकाभित्रका सबै निकायमा बिदा दिने निर्णय गरेको हो।

ताराखोलाले यसअघिका वर्ष पनि जनयुद्व दिवश मनाउने गरेको थियो। उक्त दिन सार्वजनिक बिदा दिंदै आएको छ । यो वर्ष पनि गाउँपालिका, सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य र सहकारी संस्थाहरुमा पनि बिदा दिन पत्राचार समेत गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बिकद्वारा जारी सूचनामा उक्त जानकारी गराइएको हो।
ताराखोला सशष्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित स्थान हो।

गाउँपालिकाभित्र २५ जनाबढी सहिद छन् भने अझै पनि बेपत्ता र घाइतेहरुको लामो सूची छ। उनीहरुको सम्मानमा सप्ताह मनाएर स्मरण गर्ने ताराखोलाले चलन छ।

स्थानीय तहको निर्वाचनमा पनि ताराखोलामा माओवादीले जित्दै आएको छ। यहाँ सूचिकृत सबै सहिदहरु माओवादी कार्यकर्ताहरु हुन्।

कमेन्ट गर्नुहोस्
Share: