पोखरामा दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोबिलीटी परियोजना लागु हुँदै

Share:

पोखरा । पर्यटनको राजधानी पोखरामा दिगो सहरी यातायात व्यवस्थापनका लागि नयाँ मेघा परियोजना लागु हुने भएको छ।

इमोबिलीटी नामक परियोजना अघि बढाउन एसियाली विकास बैंक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा सैद्धान्तिक सहमति र अन्तिम तयारी कार्यशाला सम्पन्न भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए।

‘खुशीको कुरा, थप नयाँ मेघा प्रोजेक्ट पोखरामा’, आचार्यले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, ‘अब पोखरामा नयाँ इमोबिलिटी परियोजना सुरु हुँदैछ।’ यो परियोजना ४० मिलियन अमेरिकी डलरको रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: