पोखराको बाटुलेचौरमा मुटुसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर हुने

Share:

पोखरा । पोखराको बाटुलेचौरमा फागुन ३ गते हुन लागेको मुटु सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरको हुने भएको छ। हिमालय क्लबको आयोजनामा शिविरको हुन लागेको हो।

शिविरको तयारी पुरा भएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए। जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताए।

शिविरमा काडियोलोजिष्ट डा. मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा. सुनिल गौतम, डा. विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोलीले सेवा प्रदान गर्ने देवकोटाले जानकारी दिए।

बाटुलेचौरस्थित कालिका भवनमा हुने शिविरमा प्रेसर, मुटुको भल्व फेरेका, हृदयघात भएका, जन्मजात सर्जरी गरेका र स्टेन्थ हालेका बिरामीलाई लक्षित गरिएको बताइएको छ।

शिविरको व्यवस्थापन गर्न देवकोटाको संयोजकत्वमा क्लबका पूर्व अध्यक्ष सुशील बस्नेत र सुन्दर थापा सदस्य छन्।

समितिले मुटु सम्बन्धी शिविरमा सहभागी भई सेवा लिन आग्रह समेत गरेको छ। शिविरमा अर्मला प्राथामिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग, संरक्षण आमा समुह र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिको सहकार्य रहने क्लवले जनाएको छ।

क्लवले यसअघि पनि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: