
काठमाडौँ । गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन्। शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रमबीच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो।
कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ।
गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेको गरेका हुन्।
दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको भिडियोको छायाँकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ।
मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीतलाइ स्वय गायकको युट्युब च्यानल गगन श्रेष्ठ (GAGAN SHRESTHA) मार्फत हेर्न सकिने छ।
(भिडियो)
