
पोखरा । पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ। चिन्मोई फाउण्डेसनले प्रत्येक दुई/दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो।
शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामनासहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिए।
अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापानसहित १० वटा राष्ट्रका १५ जना प्रतिनिधिले विद्यालयका विद्यार्थीलाई विश्व शाान्ति र भातृत्वका विषयमा जानकारी गराएका थिए।
प्रधानले शाान्ति दौंडले विद्यार्थीमा एकाग्रता ल्याउने बताउँदै, शाान्तिपुर्ण वातावरणले विद्यार्थीको भविष्य सुन्दर बनाउने बताए।पोखरा म्याराथुनमा समेत सहभागिता जनाउन आएको टोलीलाई स्वागत गर्दै विद्यालयका प्रिन्सीपल सुरेन्द्रमान सिंह भण्डारीले श्री चिन्मोई अन्र्तराष्ट्रिय क्षेत्रमा काम गरेको संस्था भएको बताउँदै, यसले लिएको लक्ष्यलाई विश्व माझ पुर्याउनु पर्नेमा जोड दिए।
उनले समुदायका बिच भाईचारा कायम गर्न स-साना बालवालिका देखि विद्यालय शिक्षामा नै यस्ता किसिमका विषय समावेश गरी अगाडी बढ्नुपर्ने सुझाव दिए। टोलीले विद्यालयको स्थलगत निरीक्षण गर्नुका साथै विद्यार्थीसँग अनुभव आदान/प्रदान गरेको थियो।
सन् १९८७ मा स्थापना भएको उक्त अन्र्तराष्ट्रिय संस्थाले हालसम्म १ सय ६० बढी मुलुकमा शान्ति टर्च प्रर्दशन गरेको जनाईएको छ।
