
काठमाडौँ। यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका हिजो (शुक्रबार) सार्वजनिक गरेको हो।
बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुनेछ। वैशाख २२ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ।
परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ।
कमेन्ट गर्नुहोस्
