
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ। क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो।
क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ।
साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ। फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ।
भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।
कमेन्ट गर्नुहोस्

