
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन्। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन्।
प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।
कमेन्ट गर्नुहोस्
