अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि

239
0
Share:

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) आजबाट सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ।

आज आयोजित प्रि-म्याच कन्फ्रेरेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको जानकारी दिए।

यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएकोले बताउँदै कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपाली टोलिको तयारी राम्रो रहेको र अब मैदानमा प्रमाणित गर्नुपर्ने बताइन्।

मैदानमा घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ। प्रतियोगिताका सहभागी हुन बाहिर रहेका खेलाडीहरु नेपाल आइपुगिसकेका छन्।

स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा भने आज बिहान फ्रान्सबाट नेपाल आइपुग्दैछिन्। च्याम्पियनसिपमा नेपालसहित लेवनान, किर्गिस्तान र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ।

कमेन्ट गर्नुहोस्
Share: