
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।
आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम थियो।
यसैगरी सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ।
कमेन्ट गर्नुहोस्
