पोखरा-१४ र २६ जोड्ने सडक निर्माण सुरु

Share:

पोखरा। पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबारदेखि सुरु भएको छ।

दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको शुभारम्भ गरे।

निर्माण शुभारम्भपछि बोल्दै वडा नंं २६ का अध्यक्ष थापाले डहरेको साँघु देखी वडा नं. २६ को क्षेत्रमा गत बर्ष सडक कालोपत्रे भएपनि १४ तर्फ सडक नवन्दा यात्रुले सास्ती खेप्नु परेको बताए।

उनले एकातर्फ राम्रो सडक देखेर आउने यात्रु पुल पारिपट्टी पुग्दा सास्ती खेप्दै फर्कनु परेकोमा सडक निर्माणले अव सहज बनाउने उल्लेख गरे।

अध्यक्ष थापाले बुढीबजार सक्नेरी हुँदै डहरेको साँघुसम्मको सडकको बिग्रेको खण्डमा यसैबर्ष रिसोलिङ गरिने स्पष्ट पारे।

वडा नंं १४ का अध्यक्ष बोधबहादुर कार्कीले पारीपट्टी राम्रो सडक देखेर वारी आएका यात्रुले आलोचना गरेको स्मरण गर्दै, धेरै पछि भएपनि राम्रो कामको शुरुवात भएको बताए।

संघीय सरकारको ६३ लाख ४९ हजार ३ सय ६५ रुपैयाको लागतमा उक्त सडक निर्माण हुन लागेको हो। सडकको १ करोड रुपैयामा बोलपत्र आब्हान भएकोमा कमल पोखरी निर्माण सेवा पोखरा १३ ले उक्त रकममा ठेक्का प्राप्त गरेको हो।

सडक वडा नं. १४ को राधाकृष्ण टोलदेखी डहरेको साँघुसम्म नाला सहितको ढलान हुनेछ। निर्माण व्यवसायी गोविन्द विकले बैशाख मसान्तसम्म सडक सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए।

वडा नंं २६ का वडाध्यक्ष थापाले उक्त सडक भएर आवात जावत गर्नेलाई निर्माण अवधिभर बैकल्पीक सडक प्रयोग गर्न आग्रह समेत गरे।

कमेन्ट गर्नुहोस्
Share: