
पोखरा। हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ। कास्की मोडनाइज एकेडेमीलाई २-१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो।
गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे। कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरेका थिए।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधिसँग नगद १ लाख, मेडल र ट्रफी जित्न सफल भयो।
उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफी प्राप्त ग¥यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने।
त्यसैगरी हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइज कै कुसल गिरी बन्न सफल भए।
कजेजतर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ। इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५-२ गोल अन्तरले हराउदै उपाधि जितेको हो।
इन्फोम्याटिक्स कलेजका नारन पुन ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे। पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए।
इन्फोम्याटिक्स कलेजले उपाधि सगँ नगद २० हजार, मेडल, ट्रफी प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफीमा चित्त बुझायो।
प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो। प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ।
विजयी खेलाडीलाई प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद समितिका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसानका उपाध्यक्ष बाबुराम पन्त, गण्डकीका संस्थापका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसि, हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिव डिल्लीराम अधिकारी, युआरएलका अध्यक्ष ठाकुर पन्थी, प्रबन्धक गणेश कोइराला, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष संजय लिगल, सल्लाहाकार सन्तोष पराजुली लगाएतले विजयी खेलाडी मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरे।
