निरन्तर बढिरहेको सुनको मूल्य १ हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Share:

काठमाडौँ। पछिल्लो समय नेपाली बजारमा निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज भने ब्रेक लागेको छ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: