
काठमाडौँ । बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका-८बाट ढोले बजार तर्फ आउदैँ गरेको से १ ज ४१४ नम्बरको जीप सोही वडाको बजालाउने धारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।
घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ५३ वर्षीय शिव बहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, दिपेन ताम्रकार र निकास ताम्रकार रहेको ढोले प्रहरी चौकीका निमित्त इन्चार्ज मदन सुनारले जानकारी दिए।
घाइते शिव, तेज र दिपकलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दिपेन र निकासको अवस्था समान्य रहेको र उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक केशव कौनी फरार रहेका छन्।
जीपमा ३५ वटा बाख्रा रहेको थिए। ३ वटा बाख्राहरु मरेको छन भने ५ घाइते भएको ढोले प्रहरी चौकीले जनाएको छ। कच्ची सडकखण्डको उकालोमा चढ्न नसकी ब्याक भएर दुर्घटना भएको र सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ।
